ग्रिनप्लाई नेपालले बोलायो विशेष साधारण सभा, आईपीओ जारी गर्ने प्रस्ताव पारित गरिने

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण ७ गते
ग्रिनप्लाई नेपालले बोलायो विशेष साधारण सभा, आईपीओ जारी गर्ने प्रस्ताव पारित गरिने
AdvertisementAds

ग्रिनप्लाई नेपाल कम्पनीले विशेष साधारण सभा आह्वान गरेको छ। कम्पनीको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले साउन २२ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो।

सभा मोरङको बुढीगंगा गाउँपालिका–५ स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ।

सभामा कम्पनीको जारी पुँजीको २० प्रतिशत बराबर अर्थात् १६ लाख ४० हजार कित्ता प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने विशेष प्रस्ताव पेश गरिनेछ।

यस्तै, जगेडा कोषमा रहेको संस्थापक सेयर प्रिमियम मूल्यमा जारी गर्ने तथा अख्तियारीसम्बन्धी अन्य विशेष प्रस्तावहरू पनि सभाबाट पारित गर्ने कार्यसूची रहेको कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स