नाडेप लघुवित्तको ११औँ वार्षिक साधारण सभा सम्पन्न, केके प्रस्ताव भए पारित ?

नाडेप लघुवित्तको ११औँ वार्षिक साधारण सभा सम्पन्न, केके प्रस्ताव भए पारित ?

नाडेप लघुवित्त वित्तीय संस्थाको ११औँ वार्षिक साधारण सभा धादिङको नौविसे एग्रो रिसोर्टमा सम्पन्न भएको छ। असार २२ गते आयोजित सभाले वार्षिक प्रतिवेदन, वित्तीय विवरण र सञ्चालक निर्वाचनसहित विभिन्न प्रस्ताव पारित गरेको छ।

सञ्चालक समितिका अध्यक्ष पिताम्वर प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न सभामा प्रमुख कार्यकारी अधिकृत दीर्घबहादुर अर्यालले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

सभालाई सम्बोधन गर्दै अध्यक्ष आचार्यले वित्तीय क्षेत्रमा हाल प्रतिकूल अवस्था रहे पनि आगामी दिनमा परिस्थिति सहज हुने विश्वास व्यक्त गरे। ग्राहक सदस्यलाई थप गुणस्तरीय सेवा प्रदान गर्दै सेयरधनीको अपेक्षा पूरा गर्न संस्था प्रतिबद्ध रहेको उनले बताए।

उनले संस्थाको प्रगति र विकासमा प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग, सल्लाह र प्रोत्साहन गर्ने सम्पूर्ण सेयरधनी, ग्राहक, नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ, बैंक तथा वित्तीय संस्था, लेखापरीक्षक, दातृ निकाय तथा कर्मचारीप्रति सञ्चालक समितिको तर्फबाट आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरे।

सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ। साथै लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू पनि पारित गरिएको छ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत सभाले अनुमोदन गरेको छ।

त्यसैगरी, समूह ‘क’ अन्तर्गत संस्थापक सेयरधनीको तर्फबाट चार जना सञ्चालक तथा समूह ‘ख’ अन्तर्गत सर्वसाधारण सेयरधनीको तर्फबाट रिक्त एक जना सञ्चालकको बाँकी कार्यकालका लागि निर्वाचन गर्ने प्रस्ताव पनि पारित भएको छ।

निर्वाचनबाट टेकराज भट्ट (संस्थागत सेयरधनी प्रतिनिधि, नविल बैंक लि.), भेषराज गौतम (संस्थागत सेयरधनी प्रतिनिधि, लुम्बिनी विकास बैंक लि.), कृष्णप्रसाद न्यौपाने (संस्थागत सेयरधनी प्रतिनिधि, डिप्रोक्स–नेपाल), डा. भृगु ऋषि दुवाडी (संस्थापक सेयरधनी) र सीता लुईटेल (सर्वसाधारण सेयरधनी प्रतिनिधि) सञ्चालकमा निर्वाचित भएका छन्।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स