नाडेप लघुवित्तको वार्षिक साधारण सभा जेठ २५ गते बस्दै, यस्ता छन् प्रस्तावहरू

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १९ गते
नाडेप लघुवित्तको वार्षिक साधारण सभा जेठ २५ गते बस्दै, यस्ता छन् प्रस्तावहरू
AdvertisementAds

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौं वार्षिक साधारण सभा जेठ २५ गते बस्ने भएको छ। सभा गलौदी–४, धादिङस्थित ट्रिपल क्राउन रिसोर्टमा बिहान १०ः३० बजे सुरु हुनेछ।

सभामा संस्थाको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदनहरूमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। साथै, कम्पनीको सेयर संरचना परिवर्तनसम्बन्धी प्रस्तावमा पनि छलफल गरिनेछ। त्यसैगरी,  कुनै लघुवित्त संस्था तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन प्रक्रिया अघि बढाउनु परेमा सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव समेत सभामा पेश गरिनेछ।

तर, यस वर्ष कम्पनीले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव गरेको छैन।  सभामा प्रयोजनका लागि कम्पनीले जेठ १२ गते बुक क्लोज गरिसकेको छ। जसअनुसार, जेठ ११ गतेसम्म कायम रहेका सेयरधनीहरूमात्रै साधारण सभामा  भाग लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स