नाडेप लघुवित्तको वार्षिक साधारण सभा असार २२ गते बस्दै, केके छन् प्रस्तावहरु ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ ३१ गते
नाडेप लघुवित्तको वार्षिक साधारण सभा असार २२ गते बस्दै, केके छन् प्रस्तावहरु ?

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले ११औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार २२ गते सभा गर्ने निर्णय गरेको हो।

सभा धादिङस्थित नौविसे एग्रो रिसोर्टमा बिहान ११ बजेदेखि सुरु हुनेछ। कम्पनीले यस आर्थिक वर्षका लागि कुनै पनि लाभांश प्रस्ताव नगरेको जनाएको छ।

सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्ने प्रस्ताव पेश गरिनेछ। साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ।

त्यसैगरी, संस्थापक सेयरधनी समूहबाट चार जना र सर्वसाधारण सेयरधनी समूहबाट एक जना सञ्चालक निर्वाचित गर्ने प्रस्ताव सभाले पारित गर्नेछ।

सभाले कम्पनीको सेयर संरचनामा आवश्यक परिवर्तन गर्ने, उपयुक्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी प्रस्ताव आएमा त्यसका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्तावसमेत अनुमोदन गर्नेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ११ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार असार १० गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स