मर्जर र सेयर संरचना परिवर्तनको प्रस्ताव सहित नाडेप लघुवित्तले साधारण सभा बोलायो

मर्जर र सेयर संरचना परिवर्तनको प्रस्ताव सहित नाडेप लघुवित्तले साधारण सभा बोलायो
Advertisement Ads

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दशौं वार्षिक साधारण सभा आउँदो जेठ २५ गते धादिङस्थित ट्रिपल क्राउन रिसोर्टमा बिहान १०:३० बजेका लागि बोलाएको छ।

कम्पनीले यस पटक लाभांशसम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन्। सभामा अन्य उपयुक्त कम्पनीबाट मर्जरको प्रस्ताव प्राप्त भएमा त्यससम्बन्धी प्रक्रिया अघि बढाउने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव प्रस्तुत गरिनेछ।

त्यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नेछ। साथै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र उनको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभामा निर्णयार्थ पेश गरिनेछ।

साथै, कम्पनीको केन्द्रीय कार्यालय स्थानान्तरण गर्ने र सेयर संरचनामा परिवर्तन गर्ने प्रस्ताव पनि सभाको एजेन्डामा समावेश गरिएको छ।

सभा प्रयोजनका लागि कम्पनीले जेठ १२ गते बुक क्लोज गर्ने जनाएको छ। यस अनुसार, जेठ ११ गतेसम्म नामावलीमा रहेका सेयरधनीहरू मात्र साधारण सभामा सहभागी हुन सक्नेछन्।

Screenshot 2025 05 18 141841 https://bajarkochirfar.com/nadep-microfinance-convenes-general-meeting-with-proposal-for-merger-and-share-structure-change | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स