नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले जनशक्ति आवश्यकताका लागि दरखास्त आह्वान गरेको छ। हाल भोजपुर, खोटाङ, ओखलढुङ्गा, पालुङ, सुन्दरबजार, मध्यनेपाल, हेम्जा, बेनी, गलकोट, प्रतापपुर, हार्थोक, बलेटक्सार, रोल्पा, भिंग्री, सन्धीखर्क, डडेलधुरा, दिपायल र बैतडी लगायतका शाखा कार्यालयमा जनशक्ति आवश्यक परेकाले इच्छुक र योग्य नेपाली नागरिकबाट दरखास्त माग गरिएको हो।
संस्थाले ‘कनिष्ठ सहायक प्रशिक्षार्थी’ पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ। यस पदका लागि न्यूनतम प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेका उम्मेदवारले आवेदन दिन सक्नेछन्। वाणिज्य शास्त्र विषय अध्ययन गरेका व्यक्तिलाई विशेष प्राथमिकता दिइनेछ।
उमेर सीमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने महिलाका लागि उमेर सीमा ५ वर्षसम्म थप हुनेछ। साथै, उम्मेदवारसँग मोटरसाइकल चालक अनुमतिपत्र हुनु अनिवार्य छ। आवेदन दिने उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यता र अनुभव प्रमाणपत्रहरूको प्रतिलिपि संलग्न गरी सूचना प्रकाशित मितिले १५ दिनभित्र ईमेल ठेगाना [email protected] मा दरखास्त पठाउनुपर्नेछ।
प्राप्त निवेदनहरूमध्येबाट योग्य उम्मेदवारको छनोट सूची प्रकाशित गरिनेछ र अन्तर्वार्तामार्फत छनोट प्रक्रिया अघि बढाइनेछ। नियुक्ति सम्बन्धी जानकारी संस्था तथा वेबसाइट www.nadeplaghubitta.com मा प्रकाशित गरिने जनाइएको छ।















प्रतिकृया