नेपाल पूर्वाधार विकास बैंक (नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक–निफ्रा)ले तीन पटकसम्म लिलाम प्रक्रियामा लगेपछि मात्र धितो आफँै सकार्न पाउने भएको छ ।
नेपाल राष्ट्र बैंकले निफ्राका लागि जारी गरिएको एकीकृत निर्देशिका, २०८१ मा संशोधन गर्दै गैरबैंकिङ सम्पत्तिको नोक्सानी र लिलाम बिक्री सम्बन्धमा नयाँ व्यवस्था ल्याएको हो । कर्जा असुल गर्न कम्तिमा तीन पटकसम्म धितो लिलाम प्रक्रिया पूरा गर्दासमेत उक्त धितो बिक्री नभएमा मात्र आफैँले सकार गर्नुपर्नेछ ।
गैरबैंकिङ सम्पत्तिमा सकार गरेकै मितिदेखि शतप्रतिशत नोक्सानी कायम गर्नुपर्ने व्यवस्था हटाइएको छ । गैरबैंकिङ सम्पत्ति बिक्री भएको अवस्थामा त्यस्तो सम्पत्तिका लागि खडा गरिएको नोक्सानी व्यवस्थाको आवश्यक हिसाब मिलान गर्नुपर्ने व्यवस्था हटाइएको छ ।









![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)






![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया