स्वास्थ्य मन्त्री निशा मेहताले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्। विवरणअनुसार उनले विभिन्न जलविद्युत्, बैंकिङ र लघुवित्त कम्पनीहरूमा सानो मात्रामा सेयर लगानी गरेकी छन्।
उनको नाममा घलेम्दी हाइड्रो लिमिटेडको ६० कित्ता र हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको ८८ कित्ता सेयर रहेको छ। त्यसैगरी नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको ६४ कित्ता र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको २८ कित्ता सेयर रहेको विवरणमा उल्लेख छ।
मन्त्री मेहताले यी सबै धितोपत्र खरिद आफ्नो तलबबाट बचत गरिएको रकम प्रयोग गरेर गरिएको बताएकी छन्।
विवरणअनुसार मन्त्री मेहतासँग ३० तोला सुन र ५० तोला चाँदीका गरगहना रहेको उल्लेख छ। यी सम्पत्तिको स्रोत दाइजो, उपहार तथा स्वआर्जन भएको विवरणमा देखाइएको छ।
उनको काठमाडौंको सौखेलमा ७ आना जग्गा रहेको छ, जसको स्रोत श्रीमान्, आफ्नो तलब र ऋण रहेको उल्लेख गरिएको छ।
बैंक खातातर्फ माछापुच्छ्रे बैंकमा ७ लाख २३ हजार ५३५ रुपैयाँ र सानिमा बैंकमा १० लाख रुपैयाँ मौज्दात रहेको विवरणमा देखिन्छ।
त्यसैगरी, करिब २५ लाख रुपैयाँ मूल्यको आई१० ब्रान्डको गाडी रहेको पनि उल्लेख गरिएको छ।

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?













![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-768x432.jpg)





![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया