सिवाईसी नेपाल लघुवित्तले बोलायो साधारण सभा, केके छन् प्रस्तावहरु ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण १० गते
सिवाईसी नेपाल लघुवित्तले बोलायो साधारण सभा, केके छन् प्रस्तावहरु ?
AdvertisementAds

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी साउन ३० गते सातौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। संस्थाको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले पोखरास्थित होटल दिपसागरमा बिहान ११ बजेदेखि सभा गर्ने निर्णय गरेको हो।

साधारण सभामा अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) सम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव प्रस्तुत गरिनेछ।

यसका साथै सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत गर्ने तथा आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा समावेश गरिएको छ।

साधारण सभा प्रयोजनका लागि संस्थाले साउन १९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार साउन १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनी मात्रै साधारण सभामा सहभागी हुन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स