तोकिएको खर्च सीमा र नियम उल्लंघन गर्दै सवारीसाधन खरिद गरेपछि सिवाईसी नेपाल लघुवित्तका सञ्चालकलाई राष्ट्र बैंकले गरायो सचेत

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार १५ गते
तोकिएको खर्च सीमा र नियम उल्लंघन गर्दै सवारीसाधन खरिद गरेपछि सिवाईसी नेपाल लघुवित्तका सञ्चालकलाई राष्ट्र बैंकले गरायो सचेत
AdvertisementAds

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक समिति राष्ट्र बैंकको कारबाहीमा परेका छन्। संस्थाले आर्थिक प्रशासनसम्बन्धी नियम र तोकिएको खर्च सीमाको पालना नगरी सवारीसाधन खरिद गरेको पाएपछि नेपाल राष्ट्र बैंकले सञ्चालकहरूलाई सचेत गराएको हो।

राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागका अनुसार संस्थाको सञ्चालक समितिले आर्थिक प्रशासन विनियमावलीमा तोकिएको खर्च सीमा र अख्तियारीको व्यवस्था पालना नगरी सवारीसाधन खरिद गरेको पाइएको छ।

उक्त विषयमा राष्ट्र बैंकले अध्यक्ष पद्मनाथ शर्मासहित सञ्चालकहरू प्रा.डा. तरुण पौडेल, लक्ष्मण खड्का क्षेत्री, जीवनप्रसाद पौडेल, सुमन घर्ती क्षेत्री, मुनादेवी खनाल र दिलीप पौडेललाई राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १(क) बमोजिम अबदेखि यस्ता कार्य नगर्न सचेत गराइएको हो।

NRB Bishwo Paudel https://bajarkochirfar.com/the-national-bank-of-nepal-has-warned-the-operator-of-cyc-nepal-microfinance-after-he-purchased-a-vehicle-in-violation-of-the-specified-spending-limit-and-rules | %tags
यो पनि पढ्नुहोस

यी ५ लघुवित्त कम्पनी परे राष्ट्र बैंकको कारबाहीमा, ३ लघुवित्तका सञ्चालक र सीईओलाई चेतावनी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स