यी ५ लघुवित्त कम्पनी परे राष्ट्र बैंकको कारबाहीमा, ३ लघुवित्तका सञ्चालक र सीईओलाई चेतावनी

यी ५ लघुवित्त कम्पनी परे राष्ट्र बैंकको कारबाहीमा, ३ लघुवित्तका सञ्चालक र सीईओलाई चेतावनी

नेपाल राष्ट्र बैंकले नियम उल्लंघन गर्ने र वित्तीय अनुशासन कायम गर्न नसक्ने लघुवित्त वित्तीय संस्थामाथि कारबाही गरेको छ। राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गरेको निरीक्षणका क्रममा ५ वटा लघुवित्तलाई शीघ्र सुधारात्मक कारबाही गरेको हो भने दुई लघुवित्तका सञ्चालक समिति र एकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सचेत गराएको छ।

राष्ट्र बैंकका अनुसार तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम गर्न नसकेका कारण आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड, गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड माथि शीघ्र सुधारात्मक कारबाही गरिएको हो।

विवरणअनुसार आरम्भ चौतारीको पुँजीकोष अनुपात ७.७७ प्रतिशत, गणपति लघुवित्तको ६.०६ प्रतिशत, सामुदायिक लघुवित्तको ६.१२ प्रतिशत, नेरुडे मिर्मिरेको ६.०१ प्रतिशत र सिवाईसी नेपालको ६.२० प्रतिशत थियो।

त्यस्तै, संस्थागत सुशासनमा कमजोरी देखिएपछि दुई लघुवित्तका सञ्चालक समितिलाई पनि सचेत गराइएको छ।

धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिले कर्मचारी सेवा विनियमावली विपरीत निर्णय गर्दै नायब कार्यकारी अधिकृतलाई पुनर्बहाली गरेको र बहाल नरहेको अवधिको रकमसमेत भुक्तानी गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ। यस विषयमा अध्यक्ष सिर्जना थापासहित सञ्चालकहरूलाई अबदेखि यस्तो कार्य नगर्न सचेत गराइएको छ।

त्यस्तै, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिले आर्थिक प्रशासनसम्बन्धी नियम र खर्च सीमाको पालना नगरी सवारीसाधन खरिद गरेको भेटिएको राष्ट्र बैंकले जनाएको छ। उक्त विषयमा अध्यक्ष पद्मनाथ शर्मासहित सञ्चालक समितिलाई सचेत गराइएको छ।

यसैगरी, नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याललाई पनि राष्ट्र बैंकले सचेत गराएको छ।

राष्ट्र बैंकका अनुसार संस्थाले कर्जा नोक्सानी व्यवस्थाबाट फिर्ता गरिएको ८१ करोड ५५ लाख रुपैयाँ कुन ऋणीको कर्जा व्यवस्थाबाट फिर्ता गरिएको हो भन्ने स्पष्ट विवरण नखुलाई आम्दानीमा देखाएको थियो। यसलाई राष्ट्र बैंकको निर्देशनविपरीत लेखांकन गरिएको भन्दै सीईओ बस्याललाई भविष्यमा यस्तो कार्य नदोहोर्‍याउन सचेत गराइएको हो।

nrb sanctions microfinance institutions notice 1782717292476 https://bajarkochirfar.com/these-5-microfinance-companies-fall-under-the-action-of-the-national-bank-warning-to-the-directors-and-ceos-of-3-microfinance-companies | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स