नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा २८.५४ प्रतिशतले घटेर ६४ करोड ३३ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ९० करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको संकुचनका कारण नाफा घटेको हो।
तेस्रो त्रैमाससम्ममा निफ्राको खुद ब्याज आम्दानी २७.०३ प्रतिशतले घटेर १ अर्ब ८ करोड १२ लाख रुपैयाँमा सीमित भएको छ भने कुल सञ्चालन आम्दानी घटेर १ अर्ब १० करोड रुपैयाँमा सीमित भएको छ। यता, सञ्चालन मुनाफा १ अर्ब २८ करोड ५७ लाख रुपैयाँबाट घटेर ९२ करोड २ लाख रुपैयाँमा आएको छ।
समीक्षा अवधिमा बैंकले ७ अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ४२ करोड ५ लाख रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी १.५९ रुपैयाँले घटेर ३.९७ रुपैयाँमा सीमित भएको छ। यस्तै, प्रतिसेयर नेटवर्थ ११५.८४ रुपैयाँ रहेको छ।













![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया