ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले विशेष साधारण सभा बोलाएको छ। कम्पनीको असार ११ गते बसेको सञ्चालक समितिको बैठकले असार २८ गते बिहान ९ बजेदेखि चितवनस्थित कम्पनीको उद्योग परिसरमा सभा बोलाउने निर्णय गरेको हो।
सभामा रोयल फर्मास्युटिकल्स प्राइभेट लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने प्रस्ताव मुख्य एजेन्डाका रूपमा प्रस्तुत गरिनेछ। यसअन्तर्गत सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, प्राप्ति प्रक्रियाअन्तर्गत हालसम्म भएका कामकारबाही अनुमोदन गर्ने, डिडिए (Due Diligence Audit) प्रतिवेदन, सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन र सेयर स्वाप अनुपात स्वीकृत गर्ने प्रस्तावमाथि छलफल हुनेछ।
त्यस्तै, प्राप्ति प्रक्रियाका कारण कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी, सेयर संरचना, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्नुपर्ने भए त्यसलाई स्वीकृत गर्ने तथा प्राप्तिसम्बन्धी अन्य आवश्यक प्रस्तावहरू पनि सभाबाट अनुमोदन गरिने कम्पनीले जनाएको छ।
विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले असार २२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार असार २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन र मतदान गर्न योग्य हुनेछन्।















![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-768x432.jpg)





![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-150x150.jpg)
प्रतिकृया