ओम मेगाश्री फर्मास्यूटिकल्सको ९० हजार कित्ता सेयरको लकइन अवधि सकिँदै, कहिलेबाट कारोबारमा आउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र ३ गते
ओम मेगाश्री फर्मास्यूटिकल्सको ९० हजार कित्ता सेयरको लकइन अवधि सकिँदै, कहिलेबाट कारोबारमा आउने ?
AdvertisementAds

ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको सामूहिक लगानी कोष स्वामित्वमा रहेका ९० हजार कित्ता सेयरको लकइन अवधि असोज ११ गतेपछि समाप्त हुने भएको छ।

कम्पनीले सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको २०८१ साल चैत १२ गतेदेखि ६ महिनासम्म यी सेयर लकइनमा राखिएका थिए। असोज १२ गतेदेखि भने ती सेयरहरू कारोबारयोग्य हुनेछन्।

यसअघि कम्पनीले ६० करोड रुपैयाँ चुक्ता पूँजीको ३० प्रतिशत बराबर १८ करोड रुपैयाँका १८ लाख कित्ता सेयर सर्वसाधारणमा आईपीओमार्फत निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। तीमध्ये ५ प्रतिशत अर्थात् ९० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स