असार ६ गते बस्दैछ ओम मेगाश्री फर्मास्युटिकल्सको वार्षिक साधारणसभा, के- के छन् प्रस्तावहरु ?

असार ६ गते बस्दैछ ओम मेगाश्री फर्मास्युटिकल्सको वार्षिक साधारणसभा, के- के छन् प्रस्तावहरु ?
AdvertisementAds

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको वार्षिक साधारणसभा असार ६ गते बस्दैछ। सभा भरतपुर महानगरपालिका २९ जुगेडी चितवनमा विहान ११ बजे सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समिति पुनर्गठन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, सञ्चालकहरूको पारिश्रमिक तथा भत्ता निर्धारण गर्नेछ।

त्यस्तै, सभाले सर्वसाधारण समूहको तर्फबाट दुई जना सञ्चालकको निर्वाचन पनि गर्नेछ। साधारणसभा प्रयोजनका लागि कम्पनीले जेठ २० गते बुक क्लोज गरिसकेको छ। जसअनुसार, जेठ १९ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स