ओम मेगाश्री फर्मास्युटिकल्सको वार्षिक साधारणसभाबाट सञ्चालक पदमा दुई उम्मेदवार निर्वाचित
ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको नवौं वार्षिक साधारणसभा असार ६ गते सम्पन्न भएको छ। सभाले समूह ‘ख’ (सर्वसाधारण सेयरधनी प्रतिनिधि) अन्तर्गत दुई जना सञ्चालक चयन गरेको हो।
निर्वाचनका लागि निर्धारित दुई पदमा मात्र दुई उम्मेदवारी परेको हुँदा चिराग अग्रवाल र रुबिना श्रेष्ठ निर्विरोध निर्वाचित भएको कम्पनीले जनाएको छ। दुवै जना सर्वसाधारण समूहबाट सञ्चालक पदमा चयन भएका हुन्।
साधारणसभामा अन्य कुनै सेयरधनीले उम्मेदवारी नदिएकाले अग्रवाल र श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन्।