ओम मेगाश्री फर्मास्युटिकल्सले बोलायो साधारण सभा, केके छन् प्रस्तावहरु ?

ओम मेगाश्री फर्मास्युटिकल्सले बोलायो साधारण सभा, केके छन् प्रस्तावहरु ?
AdvertisementAds

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले आफ्नो १०औँ वार्षिक साधारण सभा पुस ३० गते आयोजना गर्ने भएको छ। पुस ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

साधारण सभा काठमाडौँको बानेश्वरस्थित अल्फा हाउस ब्याङ्क्वेटमा दिउँसो १ बजेदेखि सुरु हुनेछ।

सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित सोही अवधिसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू स्वीकृत गर्ने प्रस्ताव रहेका छन्। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिको गठन गर्ने प्रस्ताव पनि पारित गरिनेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार पुस २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन योग्य हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स