नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार बैंकको खुद नाफा ३६.१० प्रतिशतले घटेर ४० करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ६४ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घट्नुका कारण बैंकको नाफामा गिरावट आएको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २९.०९ प्रतिशतले घटेर ७४ करोड ७ लाखमा सिमित भएको छ भने खुद फि तथा कमिशन आम्दानी ४.५१ प्रतिशतले बढेर १ करोड ५१ लाख पुगेको छ। यस्तै, कुल सञ्चालन आम्दानी २८.६२ प्रतिशतले घटेर ७५ करोड ५९ लाखमा सिमित हुँदा सञ्चालन मुनाफा ३६.०४ प्रतिशतले घटेर ५८ करोड ६५ लाखमा सिमित छ।
यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३३.३७ प्रतिशतले घटेर ३४ करोड ७८ लाख रुपैयाँमा सीमित भएको छ।
समीक्षा अवधिमा निफ्राले ८ अर्ब ११ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब ४१ करोड १६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब १८ करोड ५७ लाख रुपैयाँ सञ्चित रहेको छ।
बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ १५ पैसाले घटेर ३ रुपैयाँ ८० पैसामा सीमित भएको छ। यस्तै, प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ७५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६८.४६ गुणा कायम भएको छ।

मञ्जुश्री फाइनान्सले कमायो १३ करोड ५३ लाख नाफा, खराब कर्जामा पनि सुधार














![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-768x432.jpg)




![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया