ग्लोबल आइएमई बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गर्दै व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपतर्फको दर फागुन महिनाकै स्तरमा स्थिर राखेको छ।
बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा अधिकतम ४.५० प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णय गरेको छ।
व्यक्तिगत मुद्दती निक्षेपका लागि ३ देखि ६ महिनासम्म ४ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्म ४.५० प्रतिशत, १ वर्षदेखि २ वर्षसम्म ५ प्रतिशत, २ वर्षदेखि ३ वर्षसम्म ५.७५ प्रतिशत, तथा ३ वर्ष वा सोभन्दा माथि ६ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ।
त्यस्तै, संस्थागत मुद्दती निक्षेपका लागि ६ महिनादेखि १ वर्षसम्म ३ प्रतिशत, १ वर्षदेखि २ वर्षसम्म ३.५० प्रतिशत, २ वर्षदेखि ३ वर्षसम्म ४.२५ प्रतिशत, तथा ३ वर्षभन्दा माथि ४.५० प्रतिशत ब्याजदर लागू गरिएको छ।















प्रतिकृया