ग्लोबल आइएमई बैंकले बढाएन ब्याजदर, चैतमा फाल्गुनकै निरन्तरता
ग्लोबल आइएमई बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गर्दै व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपतर्फको दर फागुन महिनाकै स्तरमा स्थिर राखेको छ।
बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा अधिकतम ४.५० प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णय गरेको छ।
व्यक्तिगत मुद्दती निक्षेपका लागि ३ देखि ६ महिनासम्म ४ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्म ४.५० प्रतिशत, १ वर्षदेखि २ वर्षसम्म ५ प्रतिशत, २ वर्षदेखि ३ वर्षसम्म ५.७५ प्रतिशत, तथा ३ वर्ष वा सोभन्दा माथि ६ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ।
त्यस्तै, संस्थागत मुद्दती निक्षेपका लागि ६ महिनादेखि १ वर्षसम्म ३ प्रतिशत, १ वर्षदेखि २ वर्षसम्म ३.५० प्रतिशत, २ वर्षदेखि ३ वर्षसम्म ४.२५ प्रतिशत, तथा ३ वर्षभन्दा माथि ४.५० प्रतिशत ब्याजदर लागू गरिएको छ।