ग्लोबल आइएमई बैंकले काठमाडौं र ललितपुरस्थित ८ वटा शाखा कार्यालय समायोजन (मर्ज) गर्ने भएको छ। बैंकका अनुसार एक–अर्काको नजिक रहेका शाखाहरूलाई वि.सं. २०८३ वैशाख २८ गतेदेखि एकीकृत गरी कारोबार सञ्चालन गरिनेछ।
समायोजनपछि सञ्चालनमा रहने शाखाबाट ग्राहकहरूले सबै प्रकारका बैंकिङ सेवा लिन सक्ने बैंकले जनाएको छ।
काठमाडौंतर्फ ज्ञानेश्वर, नयाँ बानेश्वर, इन्द्रचोक र बाफल–कलंकी शाखा समायोजन हुनेछन्। समायोजनपछि ज्ञानेश्वर र सानो गौचरन शाखा सानो गौचरनबाट, नयाँ बानेश्वर र शंखमुल शाखा शंखमुलबाट, इन्द्रचोक र असन शाखा असनबाट तथा बाफल–कलंकी र कलंकी शाखा कलंकीबाट सेवा सञ्चालन हुनेछ।
त्यस्तै, ललितपुरतर्फ खुमलटार, धोबीघाट, सुन्धारा र कुमारीपाटी शाखा समायोजन हुनेछन्। समायोजनपछि खुमलटार र सातदोबाटो शाखा सातदोबाटोबाट, धोबीघाट र एकान्तकुना शाखा एकान्तकुनाबाट, सुन्धारा र ग्वार्को शाखा सुन्धाराबाट तथा कुमारीपाटी र लगनखेल शाखा लगनखेलबाट सेवा प्रदान गरिने बैंकले जनाएको छ।





















प्रतिकृया