ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा २.९३ प्रतिशतले घटेर ४ अर्ब ४० करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
इम्पेयरमेन्ट चार्ज बढ्नु र खुद ब्याज आम्दानी घटेका कारण नाफामा कमी आएको हो।
चौथो त्रैमाससम्ममा ग्लोबल आइएमई बैंकको खुद ब्याज आम्दानी ३.४९ प्रतिशतले घटेर ११ अर्ब ८८ करोड रुपैयाँमा सीमित भएको छ भने सञ्चालन आम्दानी ३.१४ प्रतिशतले बढेर १६ अर्ब २ करोड रुपैयाँ पुगेको छ। यता, सञ्चालन मुनाफा भने ६ अर्ब ३३ करोड रुपैयाँबाट घटेर ५ अर्ब ९० करोड रुपैयाँमा सीमित भएको छ।
बैंकको खराब कर्जा अनुपात ०.०१ प्रतिशतबिन्दुले घटेर ४.९७ प्रतिशतमा सीमित भएको छ।बैंकको इम्पेयरमेन्ट चार्ज ३ अर्ब ११ करोडबाट बढेर ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकले ६ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा ३ अर्ब ५४ करोडबाट घटेर ३ अर्ब ५४ लाख रुपैयाँ र रिजर्भमा २६ अर्ब ९२ करोड रुपैयाँ सञ्चित रहेको छ। बैंकको प्रतिसेयर आम्दानी ४६ पैसाले घटेर १५ रुपैयाँ ४० पैसामा सीमित भएको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ५३ पैसा रहेको छ।















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया