प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यी दुवै फण्डले प्रतिफल वितरण प्रयोजनका लागि भोलि अर्थात् भदौ २५ गते एक दिनका लागि बुक क्लोज गर्दैछन्।
बुक क्लोज हुनुअघि आजसम्म नेप्सेमा कारोबार भई कायम रहने इकाईधनीले दुवै फण्डबाट वितरण हुने प्रतिफल प्राप्त गर्न सक्नेछन्।
प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले आफ्ना इकाईधनीलाई करसहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन्। भदौ ५ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले दुवै फण्डका इकाईधनीलाई १२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो।

प्रतिकृया