बाढी र पहिरोका कारण क्षतिग्रस्त माथिल्लो इङवा खोला साना जलविद्युत आयोजनाको विद्युत उत्पादन पूर्ण रूपमा पुनः सञ्चालनमा आएको छ। आयोजनाको मर्मतसम्भारपछि इङवा हाइड्रोपावर लिमिटेडले दुवै युनिटबाट विद्युत उत्पादन सुरु गरेको हो।
पाँचथर र ताप्लेजुङ हुँदै बग्ने इङवा खोलामा निर्माण गरिएको ९.७ मेगावाट क्षमताको आयोजनामा गत जेठ ९ गते बिहानदेखि अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण इन्टेक, पाइपलाइन, पावरहाउस, ट्रान्समिसन लाइनलगायत विभिन्न संरचनामा ठूलो क्षति पुगेको थियो। क्षतिका कारण आयोजना बन्द अवस्थामा रहेको कम्पनीले जनाएको छ।
मर्मतसम्भारपछि आयोजनाको युनिट–१ बाट गत साउन २१ गतेदेखि नै विद्युत उत्पादन सुरु भएको थियो। युनिट–२ बाट भने भदौ २३ गते साँझ ४ः२० बजेदेखि विद्युत उत्पादन पुनः सुरु भएको कम्पनीले जनाएको छ।


प्रतिकृया