उपत्यकामा समान मूल्यमा जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाइने

उपत्यकामा समान मूल्यमा जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाइने
Advertisement Ads

बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति असहज बनेको अवस्थामा सरकारले उपभोक्तालाई राहत दिन आपत्कालीन व्यवस्था लागू गरेको छ। अब उपत्यकाभित्र जुनसुकै कम्पनीको खाली सिलिन्डर दिएर बजारमा उपलब्ध अर्को कम्पनीको भरिएको सिलिन्डर तोकिएको समान मूल्यमा साटेर ग्यास लिन सकिने भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपत्यकाभित्र मात्र लागू हुने गरी यस्तो व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी हुन्। कुनै कम्पनीको ग्यास सिलिन्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको सिलिन्डरसँग इन्टरचेञ्ज गरी उपभोक्तालाई ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिइएको मन्त्रीको सचिवालयले जनाएको छ।

यो व्यवस्था लागू भएपछि आफूले नियमित प्रयोग गर्दै आएको ब्रान्डको सिलिन्डर बजारमा उपलब्ध नभएमा उपभोक्ताले अन्य कम्पनीको सिलिन्डरमार्फत पनि ग्यास खरिद गर्न सक्नेछन्। बाढीका कारण ढुवानी तथा आपूर्ति चक्र प्रभावित भएर ग्यास अभाव देखिएपछि तत्काल उपभोक्तालाई राहत दिन यो अस्थायी व्यवस्था गरिएको हो।

मन्त्री यादवले आयल निगम तथा ग्यास उद्योगीहरूसँग छलफल गरी निर्णय कार्यान्वयन गर्न निर्देशन दिएकी हुन्। उनले व्यवस्था तत्काल र कडाइका साथ लागू गर्न नेपाल आयल निगम तथा ग्यास उद्योगहरूलाई निर्देशन दिएकी छन्।

मन्त्रालयले संकटको मौका छोपेर कृत्रिम अभाव सिर्जना गर्ने, सिलिन्डर साट्न अस्वीकार गरी उपभोक्तालाई दुःख दिने वा तोकिएको व्यवस्था पालना नगर्ने पक्षलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स