सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ। बैंकले जनरल एडमिनिस्ट्रेसन विभागमा एडमिन असिस्टेन्ट (सुपरभाइजरसम्मको तह) पदका लागि योग्य उम्मेदवारको माग गरेको हो।
यो पदका लागि कम्प्युटर तथा डिजिटल सीपमा निपूर्ण हुनु पर्नेछ साथै विश्लेषणात्मक क्षमता राम्रो हुनुपर्छ। बैंकिङ क्षेत्रसँग सम्बन्धित एडमिनिस्ट्रेसनमा कम्तीमा पाँच वर्षको अनुभव भएका व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ।
कामको स्थान काठमाडौँ, बालुवाटारमा हुनेछ। आवेदन दिने अन्तिम मिति २०८२ साल साउन २७ गते अर्थात् १२ अगष्ट २०२५ तोकिएको छ। थप जानकारी बैंकको आधिकारिक वेबसाइट मा उपलब्ध छ।


प्रतिकृया