सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले बीमाङ्कीय मूल्याङ्कनका आधारमा आर्थिक वर्ष २०७९।८० का लागि बोनसदर सार्वजनिक गरेको हो ।
कम्पनीले सावधिक जीवन बीमा योजना (रेगुलर)मा बीमा अवधि अनुसार न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउनेछन् । सावधिक जीवन बीमा योजना (एकल)मा बीमा अवधि अनुसार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस दिने भएको छ ।
त्यस्तै, त्रिपल सावधिक बीमा योजना र दम्पति सावधिक बीमा योजनामा बीमा अवधिअनुसार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म बोनस दिने भएको छ ।
साथै, कम्पनीले सावधिक तथा आजीवन बीमा योजना खरीद गरेका बीमितले बीमा अवधि अनुसार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउने भएका छन् । अग्रिम भुक्तानी योजनामा भने न्यूनतम ३२ रुपैयाँदेखि ४२ रुपैयाँसम्म बोनस दिने भएको छ ।


प्रतिकृया