सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले पुस २४ गते सम्पन्न ९औँ वार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश सेयरधनीलाई वितरण गरिसकेको छ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीको चुक्ता पूँजीको १०.१७८० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। उक्त प्रस्ताव पारित भएसँगै सम्बन्धित सेयरधनीको डिम्याट खातामा सूचीकृत बैंक खातामा पुस २४ गतेदेखि नै नगद लाभांश पठाइएको हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ११ गते बुक क्लोज गरेको थियो। बुक क्लोजको आधारमा पुस ९ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरू मात्रै लाभांश पाउनेछन्।
यसैगरी, पुस ९ गतेसम्म सेयर धितो राखी कर्जा लिएका सेयरधनीहरूले सम्बन्धित कर्जा दिने कम्पनीले खातामा नगद लाभांश प्राप्त नगरेका सेयरधनीहरूलाई आफ्नो डिम्याट खाता र बैंक खाता विवरण अद्यावधिक गर्न आग्रह गरेको छ। विवरण अद्यावधिक गरेपछि मात्रै नगद लाभांश प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
यसैगरी, सेयर धितो राखी कर्जा लिएका सेयरधनीहरूले सम्बन्धित संस्थाबाट एनओसी वा लाभांश फुकुवा पत्र पेश गरेपछि मात्रै बैंक खातामा लाभांश पठाइने जानकारी कम्पनीको सेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमिटेडले दिएको छ।


















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया