लाभांश पारित गर्दै सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गर्यो साधारणसभा सम्पन्न

लाभांश पारित गर्दै सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गर्यो साधारणसभा सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारणसभा बिहीबार, पुष २४ गते, काठमाडौंको बाँसबारीस्थित शुभ इभेन्ट्समा सम्पन्न भएको छ। सभा कम्पनीका अध्यक्ष रतनलाल केडियाको अध्यक्षतामा सम्पन्न भएको हो।

सभाले सञ्चालक समितिको प्रस्तावअनुसार हाल कायम चुक्ता पुँजीको १०.१७८० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरूमा छलफल गरी पारित गरेको छ। चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित भएको छ।

त्यसैगरी, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरू स्वीकृत गर्ने र नियमनकारी निकायबाट कुनै निर्देशन वा सुझाव आएमा त्यसअनुसार कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभाले पारित गरेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स