दुई कम्पनीले गरे लाभांश घोषणा, कुनले कति दिँदैछ बोनस र नगद ?
दुई कम्पनीले आज मंगलबार लाभांश घोषणा गरेका छन् । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश घोषणा गरेका छन् ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १०.१७८० प्रतिशत (कर प्रयोजनसहित) दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। यो निर्णय मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले पारित गरेको हो। लाभांश वितरण नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि गरिनेछ।
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकमार्फत २५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस सेयर र १२.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो। यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण गरिनेछ।





