कामना सेवा विकास बैंक लिमिटेडले ३५ करोड रूपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ३५ करोड रुपैयाँबराबरको अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो।
आर्थिक वर्ष २०८०।८१ को वार्षिक साधारणसभाबाट अनुमोदन तथा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३५ लाख कित्ता अग्राधिकार सेयर जारी गर्नेछ। यो अग्राधिकार सेयरको लाभांश दर ९ प्रतिशत रहने र मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने तथा कुनै पनि सुरक्षण नराखी व्यक्तिगत तवरबाट संस्थागत लगानीकर्ताहरूका लागि मात्र बिक्री गरिने निर्णय गरेकाे बैंकले जनाएको छ ।
#Bajarkochirfar #bazaarkochirfar








![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)







![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)

प्रतिकृया