हिमालयन पावर पार्टनर लिमिटेडले हालको चुक्ता पुँजीमा ५०% हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। बिहीबार, कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई २:१ अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो।
यो प्रस्ताव विद्युत नियमन आयोग, कम्पनीको साधारण सभा, र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएपछि मात्र सेयरधनीलाई हकप्रद जारी हुनेछ । कम्पनीले यस हकप्रद बिक्रीबाट उठेको रकम बैंक ऋण तिर्नका लागि प्रयोग गर्ने जनाएको छ।
हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ६ करोड ५४ लाख रुपैयाँ रहेको छ भने हकप्रद जारी भइसकेपछि यो पुँजी १ अर्ब ५९ करोड १२ लाख रुपैयाँमा पुग्नेछ।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया