हिमालयन पावर पार्टनर लिमिटेडले निष्काशन गरेको ५० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज (जेठ ६ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले वैशाख १७ गतेदेखि हाल कायम चुक्ता पूँजीको १ः०.५ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो। अर्थात् हाल कायम १ कित्ता सेयर बराबर नयाँ शून्य दशमलव ५ कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ।
यसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर निष्काशन गरेको छ। उक्त सेयरको कुल मूल्य ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँ बराबर रहेको छ।
हकप्रद निष्काशन प्रयोजनका लागि कम्पनीले चैत १० गते बुकक्लोज गरेको थियो। त्यसअनुसार चैत ९ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्रै हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।
कम्पनीको निष्काशन मूल्याङ्कनमा केयर रेटिङ्स नेपाल ले ‘केयरएनपी डबल बी माइनस’ श्रेणी प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
हकप्रद सेयरको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकका बेशीशहर, दोर्दी, भोटेओडार र उदिपुर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत वा ‘मेरो शेयर’ प्रणाली प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।






![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)







![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया