हिमालयन पावर पार्टनर लिमिटेडले आज वैशाख १७ गतेदेखि हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत बराबर, अर्थात् ५३ करोड २७ लाख ८ हजार ५ सय रुपैयाँ बराबरको ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गरेको हो।
लगानीकर्ताहरूले उक्त हकप्रद सेयरमा जेठ ६ गतेसम्म आवेदन दिन सक्नेछन्। हकप्रद निष्काशनको बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटलले लिएको छ।
कम्पनीले हकप्रद निष्काशन प्रयोजनका लागि चैत १० गते बुकक्लोज गरेको थियो। त्यसअनुसार चैत ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र आवेदनका लागि योग्य हुनेछन्।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई फागुन २५ गते हकप्रद निष्काशनका लागि अनुमति दिएको थियो।






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)

![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)





![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया