सर्वसाधारणले आजदेखि प्रतिकित्ता १०० रुपैयाँमै हिमालयन पावर पार्टनरको सेयर किन्न पाउने

सर्वसाधारणले आजदेखि प्रतिकित्ता १०० रुपैयाँमै हिमालयन पावर पार्टनरको सेयर किन्न पाउने

हिमालयन पावर पार्टनर लिमिटेडले अवितरित हकप्रद सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ। कम्पनीले गत वैशाख १७ गतेदेखि जेठ ६ गतेसम्म १ः०.५ अनुपातमा निष्कासन गरेको हकप्रद सेयरमध्ये आवेदन नपरेका ४ लाख ६८ हजार ७४० कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो।

उक्त सेयर खरिदका लागि योग्य लगानीकर्तासँगै सर्वसाधारण व्यक्ति, कम्पनी तथा संघ–संस्थाले समेत आवेदन दिन सक्नेछन्। कम्पनीले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकेको छ।

बोलकबोल आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतम उपलब्ध सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्सालबाट फारम प्राप्त गर्न सकिनेछ। साथै ग्लोबल आइएमई बैंकका बिर्तामोड, विराटनगर (हनुमानदास रोड), जनकपुर, वीरगञ्ज (आदर्शनगर), हेटौंडा, नारायणगढ, पोखरा (न्यूरोड), बुटवल (मिलनचोक), बाग्लुङ, नेपालगञ्ज (त्रिभुवनचोक), सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट पनि फाराम प्राप्त तथा बुझाउन सकिने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स