हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद सेयर बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले गत वैशाख १७ गतेदेखि जेठ ६ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयर जेठ १९ गते बाँडफाँड गरेको हो।
कम्पनीले चैत ९ गतेसम्म कायम सेयरधनीहरूका लागि १ः०.५ को अनुपातमा प्रतिकित्ता रु. १०० दरले कुल ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो।
बिक्री अवधिभर रितपूर्वक आवेदन दिने ४६ हजार ७६९ जना सेयरधनीलाई ४८ लाख ५८ हजार ३४५ कित्ता सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।
साथै, आफ्नो हकभन्दा बढी सेयर माग गरी आवेदन दिएका लगानीकर्ताको अतिरिक्त रकम जेठ २१ गते बिहीबारदेखि कनेक्ट आईपीएसमार्फत सम्बन्धित बैंक खातामा फिर्ता गरिनेछ।
कम्पनीका अनुसार बाँकी रहेको ४ लाख ६८ हजार ७४० कित्ता अवितरित हकप्रद सेयर जेठ २७ गतेदेखि असार ४ गतेसम्म लिलाम प्रक्रियाबाट बिक्री गरिनेछ। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।








![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)






![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)



प्रतिकृया