हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
असोज मसान्तसम्म कम्पनीले ३ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिमा प्राप्त १ करोड ५८ लाख रुपैयाँको तुलनामा १२१.१९ प्रतिशतले बढी हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १२२.८९ प्रतिशत बढेको छ भने कुल आम्दानी १२२.६५ प्रतिशत बढेको छ। कम्पनीको खर्च भने समीक्षा अवधिमा ५६.७९ प्रतिशत घटेको छ।
यस्तै, कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ।कम्पनीको २ रुपैयाँ ७३ पैसा बढेर ५ रुपैयाँ ४४ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ ८२ रुपैयाँ २ पैसा रहेको छ।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया