लाभांश प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा सहित सानिमा बैंकले बोलायो साधारण सभा

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक ११ गते
लाभांश प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा सहित सानिमा बैंकले बोलायो साधारण सभा

सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव अनुमोदन गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ। २० औँ वार्षिक साधारण सभा मंसिर ४ गते, मंगलबार, काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बिहान ११ बजे सुरु हुनेछ।

सभामा बैंकले ५.२६३२ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गर्नेछ। लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि बैंकले कात्तिक २५ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। जस अनुसार कात्तिक २४ गतेसम्म नेप्सेमा कारोबार भएका सेयरधनीहरूले साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स