लाभांश पारित गर्न भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र सानिमा बैंक लिमिटेड दुवै कम्पनीको वार्षिक साधारण सभा आगामी कार्तिक २ गते आइतबार बस्ने भएका छन् ।
भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २५औं वार्षिक साधारण सभा आगामी कार्तिक २ गते आइतबार बिहान ११:०० बजे पोखराको आव्या क्लव, घारीपाटनमा बस्ने भएको छ । सभाले १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
साथै , सभामा आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने, आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरूमा छलफल गरिनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २१ गते बुक क्लोज गरिसकेको छ। जस अनुसार, असोज २० गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
सानिमा बैंक लिमिटेडको २१औं वार्षिक साधारण सभा आगामी २०८२ साल कार्तिक २ गते आइतबार बिहान १०:०० बजे काठमाडौंको आम्रपाली बैंक्वेट, भाटभटेनीमा बस्ने भएको छ । सभाले ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै, ८.२५ प्रतिशत सानिमा अबिमोच्य असञ्चिति अग्राधिकार सेयर रु २ अर्ब बराबरका दरले (रु १०० प्रतिसेयर) जारी गर्ने प्रस्ताव स्वीकृत गराउनेछ ।
सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण र सानिमा क्यापिटल लिमिटेड तथा सानिमा सेक्युरिटिज लिमिटेडको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गरिनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २७ गते बुक क्लोज गरिसकेको छ। जस अनुसार, असोज २६ गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।





















प्रतिकृया