सिद्धार्थ बैंकले ४ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राख्यो, क-कसले आवेदन दिन सक्ने ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ भाद्र २ गते
सिद्धार्थ बैंकले ४ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राख्यो, क-कसले आवेदन दिन सक्ने ?
AdvertisementAds

सिद्धार्थ बैंक लिमिटेडले कुल ४ लाख ६९ हजार १२२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले आजदेखि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर बिक्री प्रक्रिया अघि बढाएको हो।

बिक्रीमा राखिएको सेयरमध्ये १ लाख ५७ हजार ४७९ कित्ता खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन्। उनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

त्यस्तै, बाँकी ३ लाख ११ हजार ६४३ कित्ता संस्थापक सेयर खरिदका लागि सर्वसाधारणले समेत आवेदन दिन सक्नेछन्। सर्वसाधारणले पनि सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

तोकिएको अवधिमा विद्यमान संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई उक्त सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनी तथा सर्वसाधारणले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर काठमाडौँको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा लिखित आवेदन दिनुपर्नेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स