सिद्धार्थ म्युचुअल फन्डका दुई योजनाले घोषणा गरे लाभांश

सिद्धार्थ म्युचुअल फन्डका दुई योजनाले घोषणा गरे लाभांश
Advertisement Ads

सिद्धार्थ क्यापिटलले व्यवस्थापन गर्दै आएका दुईवटा म्युचुअल फन्ड योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि नगद लाभांश घोषणा गरेका छन्। क्यापिटलको सोमबार बसेको बैठकले सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३ का इकाइधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ का इकाइधनीलाई ८ प्रतिशत नगद लाभांश वितरण गरिनेछ। यो ९ करोड ६० लाख रुपैयाँ बराबर हो।

त्यस्तै, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३ का इकाइधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गरिनेछ। यसबापत ८ करोड ५ लाख ८० हजार रुपैयाँ वितरण हुनेछ। दुवै योजनाको घोषित नगद लाभांशमा करसमेत समावेश छ।

क्यापिटलले प्रस्तावित लाभांश वितरणका लागि बुक क्लोजको मिति पछि प्रकाशन गर्ने जनाएको छ।

Screenshot 18 8 2026 11422 www.nepalstock.com https://bajarkochirfar.com/two-schemes-of-siddhartha-mutual-fund-declare-dividends | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स