SHAREHUB SHAREHUB

सानिमा बैंकको नाफा बढ्यो, खराब कर्जा नियन्त्रणमा

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २१ गते
Advertisement Ads
सानिमा बैंकको नाफा बढ्यो, खराब कर्जा नियन्त्रणमा
Advertisement Ads

सानिमा बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा १३.८६ प्रतिशतले बढेर ४५ करोड ४९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३९ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा भएको वृद्धिले नाफामा वृद्धि भएको हो।

🔴 Quarterly Report LIVE Update [Q1]: नेप्सेमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको LIVE अपडेट

पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी २७.९१ प्रतिशतले बढेर १ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १४.९४ प्रतिशतले बढेर ६५ करोड ७६ लाख रुपैयाँ पुगेको छ। बैंकको कुल सञ्चालन आम्दानी २५.९० प्रतिशतले बढेर २ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। यस्तै, इम्पेयरमेन्ट चार्ज ५६ करोड ३१ लाख रुपैयाँबाट बढेर ९५ लाख ६७ करोड रुपैयाँ पुगेको छ।

Advertisement Ads

सानिमा बैंकको चुक्ता पूँजी १३ अर्ब ५८ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा २ अर्ब १३ करोड रुपैयाँ र रिजर्भ कोषमा ७ अर्ब ७८ करोड रुपैयाँ छ।

बैंकको खराब कर्जा अनुपात ०.९७ प्रतिशतबिन्दुले बढेर ३.९१ प्रतिशत पुगेको छ।

समीक्षा अवधिमा बैंकले २ खर्ब २६ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७७ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६ पैसाले बढेर १३ रुपैयाँ १५ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १७२.७१ रुपैयाँ रहेको छ।

SANIMA https://bajarkochirfar.com/sanima-banks-profit-increases-bad-loans-under-control | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स