सानिमा बैंकको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवनकुमार आचार्य नियुक्त भएका छन्। मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो। निवर्तमान सीईओ निश्चलराज पाण्डको कार्यकाल माघ ११ गते सकिँदैछ । त्यस कारण नवनियुक्त सीईओ आचार्यले माघ १२ गतेदेखि लागू हुनेछ ।
आचार्यले एमबीएमा स्नातक गरेका छन् र करिब १७ वर्षदेखि सानिमा बैंकसँग आवद्ध छन्। उनी सानिमा क्यापिटलमा अध्यक्षसमेत रहिसकेका छन्। बैंकमा उनको अनुभवमा प्रमुख ऋण अधिकृत, प्रमुख सञ्चालन अधिकृत, सूचना अधिकृत र प्रमुख परियोजना वित्त अधिकृतको जिम्मेवारी समेटिएको छ। सानिमा बैंकमा आवद्ध हुनु अघि उनले करिब चार वर्ष नेपाल बायर्न इलेक्ट्रिकमा काम गरेका थिए।



















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)
प्रतिकृया