चालु आर्थिक वर्षको असोज मसान्तसम्म नेपाल टेलिकमले १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १४.२० प्रतिशत कम हो। गत वर्षको सोही अवधिसम्ममा कम्पनीले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको कुल आम्दानी घटेसँगै नाफामा गिरावट आएको हो।कुल आम्दानी ५.४९ प्रतिशत घटेको छ। हालसम्म कम्पनीको चुक्ता पूँजी १८ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७८ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ सञ्चित छ।
साथै, प्रति सेयर आम्दानी ६ रुपैयाँ ४० पैसा घटेर ३८ रुपैयाँ ६६ पैसामा पुगेको छ। कम्पनीको प्रति सेयर नेटवर्थ ५३५ रुपैयाँ ९ पैसा रहेको छ।
Ads
प्रतिकृया