नेपाल दूरसञ्चार कम्पनीको बम्पर लाभांश घोषणा, बुक क्लोज कहिले ?

नेपाल दूरसञ्चार कम्पनीको बम्पर लाभांश घोषणा, बुक क्लोज कहिले ?

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत दरले नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।

लाभांश पारित गर्न कम्पनीले पुस ३० गते काठमाडौंको राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा १८ औँ वार्षिक साधारण सभा बोलाएको छ, जुन बिहान ११ बजे सुरु हुनेछ। साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस २० देखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार, पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स