आज राति दुई घण्टासम्म एनटिसीको रिचार्ज गर्न नमिल्ने

आज राति दुई घण्टासम्म एनटिसीको रिचार्ज गर्न नमिल्ने

नेपाल टेलिकमले आफ्नो ग्राहक सेवा प्रणालीको नियमित मर्मतका कारण अस्थायी रूपमा रिचार्ज तथा सब्सक्रिप्सन सेवा बन्द हुने जानकारी दिएको छ। कम्पनीका अनुसार असार १२ गते बिहीबार राति ११:५५ बजेदेखि करिब दुई घण्टासम्म यी सेवाहरू उपलब्ध नहुनेछन्।

प्रणाली मर्मतका लागि सेवा स्थगन गरिएको भए पनि भ्वाइस, एसएमएस, डेटा तथा आइपीटीभी सेवाहरू भने यथावत सञ्चालनमा रहने टेलिकमले स्पष्ट पारेको छ।

कम्पनीले यस कार्यका कारण ग्राहकवर्गमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै आवश्यक सहयोग र समझदारीका लागि अनुरोध गरेको छ।
511014430 707346441902540 7560993085439636156 n https://bajarkochirfar.com/ntc-recharges-will-not-be-possible-for-two-hours-tonight | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स