नेपाल टेलिकमको नाफा ४८.६७ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति पुग्यो?

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ५ गते
नेपाल टेलिकमको नाफा ४८.६७ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति पुग्यो?

नेपाल टेलिकम लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ४८.६७ प्रतिशतले घटेर २ अर्ब ८४ करोड २२ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको कुल आम्दानी ८.८९ प्रतिशत घटेर २८ अर्ब ४३ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३१ अर्ब २० करोड रुपैयाँ कुल आम्दानी थियो । त्यस्तै,  वित्तीय आम्दानी ४६.०२ प्रतिशत घटेको छ।

१८ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको प्रति सेयर आम्दानी २१ रुपैयाँ ५ पैसा र प्रतिसेयर नेटवर्थ ५०३ रुपैयाँ ९३ पैसा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स