सोल्टी होटल लिमिटेडले सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट ३६.८४% लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले १०% बोनस सेयर र २६.८४% (करसहित) नगद लाभांश वितरणको प्रस्ताव अघि सारेको हो।
कम्पनीले लाभांश प्रस्तावलाई अनुमोदन गर्न पुस ४ गते साधारण सभा बोलाएको छ। सभा पुस ४ गते बिहान ११ बजे नेपाल प्रज्ञा भवन प्रेक्षालय, कमलादी काठमाडौंमा सुरु हुनेछ।
साधारण सभामा वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदनमा छलफल हुनेछ भने आगामी आर्थिक वर्ष २०८१–८२ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा समेत समावेश छ।
सभाका लागि कम्पनीले मंसिर १३ गतेदेखि पुस ४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअनुसार मंसिर १२ गतेसम्म कायम रहने सेयरधनीहरुले साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।
सोल्टी होटलले अघिल्लो आर्थिक वर्ष २०७९–८० मा ३१.५८% लाभांश वितरण गरेको थियो।



















![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-150x150.png)
प्रतिकृया