सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा जागिर खुल्यो, कसरी दिने आवेदन ?

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा जागिर खुल्यो, कसरी दिने आवेदन ?

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले विभिन्न शाखाहरुमा दक्ष र अनुभवी कर्मचारीको आवश्यकता रहेको जनाएको छ। योग्य नेपाली नागरिकहरूले आफू काम गर्न इच्छुक शाखा उल्लेख गर्दै आवेदन पत्र र व्यक्तिगत विवरण (Curriculum Vitae) jobs@sanimareliancelife.com मा मिति २०८२/०६/०७ भित्र आवेदन पेश गर्न सक्नेछन्।

कम्पनीले कोशी प्रदेशमा बिराटनगर, खाँदबारी, भोजपुर र दिक्तेल; मधेश प्रदेशमा सिमरा; बागमती प्रदेशमा पनौती, पुतलीसडक, चापागाउँ, थानकोट, फर्पिङ्ग र नेपालटार शाखाहरूमा शाखा प्रमुख पदका लागि कर्मचारी माग गरेको छ। साथै, काठमाडौं उपत्यका भित्र र बाहिरका शाखाहरूमा बजार व्यवस्थापक पदमा कार्य गर्न इच्छुक नेपाली नागरिकहरूले पनि आवेदन दिन सक्नेछन्।

जीवन बीमा, बैंक तथा वित्तीय संस्था र लघुवित्त संस्थामा अनुभव भएका आवेदकहरूलाई प्राथमिकता दिइने कम्पनीले जानकारी दिएको छ।

546845199 1098515272448844 6212202232438084700 n https://bajarkochirfar.com/sanima-reliance-life-insurance-has-a-job-opening-how-to-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स