राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फेसबुक र युट्युब जस्ता सामाजिक सञ्जाल हतारमा बन्द गर्नु जनहित विपरीत हुने भन्दै सरकारलाई सचेत गराएको छ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद अशोककुमार चौधरीले सामाजिक सञ्जाललाई दर्ता गरेर नियमन गर्नुपर्ने र यसका लागि वार्ता तथा रणनीति अपनाउन आवश्यक रहेको बताए। उनले भने, “हतारमा बन्द गर्ने शैलीले न त समस्या समाधान गर्छ न त जनहितमा हुन्छ।”
चौधरीले नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या ९० प्रतिशत नाघिसकेको र धेरै व्यवसाय तथा रोजगारी सामाजिक सञ्जालसँग जोडिएको उल्लेख गर्दै, सरकारले यस पक्षलाई ध्यानमा राखेर मात्र कदम चाल्नुपर्ने सुझाएका छन्।















![Nepse Gap Fill नगरी माथि जान सक्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/l0iAiQQCcl4-maxresdefault-150x150.jpg)

![घरजग्गा मार्फत कसरी हुन्छ सम्पत्ति शुद्धिकरण ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/r-yxcMlaEZg-maxresdefault-150x150.jpg)


प्रतिकृया