हिमालयन बैंकका ४ जना संस्थापक सेयरधनीले सेयर बेच्दै, सर्वसाधारणले पनि किन्न पाउने

हिमालयन बैंकका ४ जना संस्थापक सेयरधनीले सेयर बेच्दै, सर्वसाधारणले पनि किन्न पाउने
Advertisement Ads

हिमालयन बैंक लिमिटेडले चारजना संस्थापक सेयरधनीको नाममा रहेको ८ लाख ५० हजार १२४.५७ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ।

बिक्रीमा राखिएको सेयरमा अमिर रत्न डंगोलको १ लाख, मिना महर्जनको ३ लाख ९३ हजार ६६९, त्रिरत्न महर्जनको ३ लाख १७ हजार ४७३ र विश्वेश श्रेष्ठको ३८ हजार ९८२.५७ कित्ता सेयर रहेका छन्।

यसअघि विद्यमान संस्थापक सेयरधनीलाई मात्र बिक्रीका लागि आह्वान गरिए पनि तोकिएको अवधिमा आवेदन नपरेपछि बैंकले सर्वसाधारणका लागि सेयर बिक्री खुला गरेको हो।

इच्छुक सर्वसाधारणले आवश्यक कागजातसहित १५ दिनभित्र कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयको कानून तथा सेयर विभागमा निवेदन दिनुपर्नेछ। सेयरको मूल्यसम्बन्धी जानकारी सोही विभागबाट लिन सकिने बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स